काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्यरातबाट लागु हुने गरी मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढाएको हो । यस सँगै पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । निगमले अहिलेको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।