Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनासहित थपिए २४६ जना कोरोना संक्रमित

आज काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनासहित थपिए २४६ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, श्रावण २०७७
आज काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनासहित थपिए २४६ जना कोरोना संक्रमित
images

काठमाडौं । आइतबार विभिन्न प्रयोगशालामा ८ हजार ८६१ जनाको परीक्षण गर्दा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

आज काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना गरी काठमाडौं उपत्याकामा ३१ जनामा कोरोना देखिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ९३४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ६ सय ७२ जनाको उपचार भइराखेको छ । हालसम्म ३ लाख ९१ हजार २७० जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।

आज १११ जना निको भई घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ६०३ जना उपचार पश्चात निको भएका छन् ।

नेपालमा कोरोनाभाइरसबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा वीरगन्जका ६८ वर्षको महिला रहेको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १६:३०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology