Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज उपत्यकामा ५१ सहित थपिए ४१८ जना कोरोना संक्रमित

आज उपत्यकामा ५१ सहित थपिए ४१८ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१९, श्रावण २०७७
आज उपत्यकामा ५१ सहित थपिए ४१८ जना कोरोना संक्रमित
images

काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोनाबाट संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।

आज काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जना गरी काठमाडौं उपत्याकामा ५१ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ५ हजार ७ सय ३२ जनाको उपचार भइराखेको छ । हालसम्म ३ लाख ९८ हजार ९०७ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।

हालसम्म १४ हजार ९०१ जना उपचार गरी घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १६:३७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology