Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपभोक्ताको भान्सा महँगियो

उपभोक्ताको भान्सा महँगियो

दैनिकी न्यूज

२१, श्रावण २०७७
उपभोक्ताको भान्सा महँगियो
images

काठमाडौँ । तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १६० रुपियाँ परेको अनुभव कलङ्कीकी उपभोक्ता रमा आचार्यले बताउनुभयो । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने रमाको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।

कलङ्की चोकमै तरकारी भाउ बुझिरहेका वाफलमा डेरा गरी बस्ने विमल कार्कीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताउनुभयो । कार्कीले तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो भन्नुभयो ।

प्रायः तरकारी महँगो
बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ४५ देखि ५० रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६८ देखि ७० रुपियाँ पुगेको छ । दस÷पन्ध्र दिन अगाडिसम्म प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ६५ देखि ७० रुपियाँसम्म पुगेको छ ।

यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोई नसक्नु भएको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०८:३०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology