Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा कोरोनाको जोखिम बढ्यो, एकै दिन भेटिए १२ संक्रमित

ललितपुरमा कोरोनाको जोखिम बढ्यो, एकै दिन भेटिए १२ संक्रमित

दैनिकी न्यूज

२३, श्रावण २०७७
ललितपुरमा कोरोनाको जोखिम बढ्यो, एकै दिन भेटिए १२ संक्रमित
images

ललितपुर । बिहीबार ललितपुर जिल्लामा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

बिहीबार भेटिएका १२ कोरोना संक्रमित सबै ललितपुर महानगरपालिकाका स्थायी तथा अस्थायी बासिन्दा हुन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ५ जना ललितपुरका स्थायी बासिन्दा हुन भने बाँकी ७ जना अस्थायी बासिन्दा हुन् ।

बिहीबार देखिएका ४२ वर्षका पुरुष, १३ वर्षका बालक, ५१ वर्षका पुरुष, ३८ वर्षका महिला, ४५ वर्षका पुरुष, ३० वर्षका पुरुष, १८ वर्षका पुरुष, ३४ वर्षका पुरुष, ६० वर्षका पुरुष, ४ वर्षका बालक, २० वर्षका पुरुष र २० वर्षका पुरुष रहेका छन् । तीमध्ये १३ वर्षका बालक,५१ वर्षका पुरुष, ४५ वर्षका पुरुष, ४ वर्षका बालक र २० वर्षका पुरुष ललितपुर महानगरपालिकाका स्थायी बासिन्दा हुन् ।

योसँगै ललितपुरमा हालसम्म १३२ जना कोरोना संक्रमित भएका छन्, पुरुष ८४ पुरुष र महिला ४८ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०५:१२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology