Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं न्युरोड क्षेत्रका बजार बन्द !

काठमाडौं न्युरोड क्षेत्रका बजार बन्द !

दैनिकी न्यूज

२४, श्रावण २०७७
काठमाडौं न्युरोड क्षेत्रका बजार बन्द !
images

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा ३ जना कोरोना भाइरस (कोभिड–१०) संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना पोजिटिभ देखिएको थियो । प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए ।

शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघ/संस्था, व्यापार संघको संयुक्त बैठक गरेर न्युरोड क्षेत्रको पसल तथा कार्यालय बन्द गर्ने वडास्तरीय निर्णय भएको महर्जनले बताए । उनका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ । ‘पसल बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ र बजार क्षेत्रलाई निर्मलीकरण गर्छौं । त्यसपछि स्थिति हेरेर पसल खोल्ने वा नखोल्ने निर्णय गर्छौं,’ वडाध्यक्ष महर्जनले बताए ।

यही वडासँगै जोडिएको वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताए । ‘९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन्,’ उनले भने, ‘भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ ।’ उनले उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको बताए ।

काठमाडौंका इन्द्रचोक, महाबौद्ध, न्युरोड असन, भोटाहिटी, सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन ।

1.jpg

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १३:१९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology