Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ

तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ

दैनिकी न्यूज

२४, श्रावण २०७७
तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ
images

काठमाडौं । चितवन र कास्कीबाट जुवातास खेलीरहेको अवस्थामा १८ जुवाडे पक्राउ परेका छन् ।

चितवन, कालिका नगरपालिका–५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरी समेत १३ जनालाई नगद १ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई नगद १२ हजार ५ सय ९० रुपैयाँ र १ सय ६० पत्ती तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १६:१६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology