Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित

ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित

दैनिकी न्यूज

२४, श्रावण २०७७
ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित
images

ललितपुर । ललितपुरको डुकुछापमा पनि कोरोनाबाट संक्रमित फेला परेका छन् । गोदावरी नगरपालिकामा पर्ने डुकुछाप विकट क्षेत्रका रुपमा लिइन्छ । 

गोदावरी वडा नं. ८ डुकुछापका ६९ वर्षका पुरुष दमको रोग भई पाटन हस्पिटलमा भर्ना भई उपचार गरिरहेका थिए । उनको परीक्षणको क्रममा शनिबार कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पताल प्रशासनले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - २०:३९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology