Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारी कोरोना संक्रमित

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारी कोरोना संक्रमित

दैनिकी न्यूज

२५, श्रावण २०७७
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारी कोरोना संक्रमित
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधवप्रसाद तिवारीका अनुसार मन्त्रालयका चार जना कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । उनका अनुसार मन्त्रालयका चालक र सहयोगीमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १८:११:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology