Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

७ जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी, हेर्नुहोस् को कहाँ ?

७ जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी, हेर्नुहोस् को कहाँ ?

दैनिकी न्यूज

२५, श्रावण २०७७
७ जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी, हेर्नुहोस् को कहाँ ?
images

काठमाडौं । गृह मन्त्रालयले ७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । गृहमै कार्यरत उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा सरुवा गरिएको छ ।

दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङमा ध्रुव गिरीलाई सरुवा गरिएको छ । यस्तै राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व सरुवा गरिएको छ ।

1.jpg

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १९:५५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology