Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्क्वास प्रशिक्षक पनि कोरोना सङ्क्रमित

स्क्वास प्रशिक्षक पनि कोरोना सङ्क्रमित

दैनिकी न्यूज

२६, श्रावण २०७७
स्क्वास प्रशिक्षक पनि कोरोना सङ्क्रमित
images

काठमाडौं । स्क्वास खेलका प्रशिक्षक हिरा बहादुर थापा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पिसिआर परीक्षण गराएका थिए ।

परीक्षणको आइतबार रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा पहिलो पटक नेपाली खेलकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए ।

उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन् । उनले परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराइने बताए । उनले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - ०७:२५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology