ललितपुर। ललितपुरको किष्ट अस्पताल र मेडिसिटीमा कारोना भाइरस (कोभिड–१९) संक्रमणबाट २ जनाको मृत्यू भएको छ ।
ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो । काभ्रे पाँचखाल नगरपालिका वडा नं. १ निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान १०ः०५ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ः२० बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण किस्टअस्पतालमा मृत्यु हुने उनी तेस्रो बिरामी हुन्।
यस्तै काठमाडौंकै कीर्तिपुर नगरपालिका, ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय अर्का पुरुषको पनि बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले पुष्टि गरे । मृर्गौलाका दीर्घरोगी उनी असार ३१ गते निमोनिया तथा सेप्टिक सक भई अस्पताल भर्ना भएकामा साउन ५ गते नै कोरोना पुष्टि भएको थियो।