Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने

अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने

दैनिकी न्यूज

२७, श्रावण २०७७
अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने
images

काठमाडौंँ । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस ९कोभिड–१९० उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिए ।

कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०७:०९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology