Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित

मंगलबार उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित

दैनिकी न्यूज

२७, श्रावण २०७७
मंगलबार उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित
images

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर दिनप्रतिदिन बढ्दो छ।पछिल्लो २४ घण्टामा थप १३४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

काठमाडौंका ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार मात्रै थप ६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको हो । आज पिसिआरबाट १० हजार ४६२ जनाको परीक्षण गरिएको छ । योसँगै पिसिआरबाट परीक्षण गर्नेको संख्या ४ लाख ६२ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको निधन भएको छ । अब नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ८३ पुगेको छ ।

प्रवक्ता गौतमकाअनुसार ७ हजार २०१ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १६:५२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology