Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अख्तियारका प्रमुख आयुक्त कोरोना संक्रमित

अख्तियारका प्रमुख आयुक्त कोरोना संक्रमित

दैनिकी न्यूज

२७, श्रावण २०७७
अख्तियारका प्रमुख आयुक्त कोरोना संक्रमित
images

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।

आज घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ले जनाएको छ । घिमिरे हाल घरमै आइसोलेसनमा छन् ।

हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमण पुष्टि भएका कुनै पनि कर्मचारी अस्पताल भर्ना भएका छैनन् ।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - २०:०६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology