Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भारतबाट नेपाल प्रवेश गर्न अब यी १० नाकाबाट मात्र पाइन्छ

भारतबाट नेपाल प्रवेश गर्न अब यी १० नाकाबाट मात्र पाइन्छ

दैनिकी न्यूज

२७, श्रावण २०७७
भारतबाट नेपाल प्रवेश गर्न अब यी १० नाकाबाट मात्र पाइन्छ
images

काठमाडौं । सरकारले भारतबाट स्वेदश फर्कने नेपालीहरुका लागि विभिन्‍न १० वटा नाकाहरुलाई प्रवेश विन्दु तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई १० जिल्लामा प्रवेश विन्दु तोकिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्‍चनपुरको गड्डाचौकी छन् ।

सरकारले तोकिएका प्रस्थानविन्दु बाहेकका नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरुलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - २२:०७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology