Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मृतकमा कोरोना पुष्टि भएपछि बाह्रबिसेको ४ नम्बर वडा ‘सिल’

मृतकमा कोरोना पुष्टि भएपछि बाह्रबिसेको ४ नम्बर वडा ‘सिल’

दैनिकी न्यूज

२८, श्रावण २०७७
मृतकमा कोरोना पुष्टि भएपछि बाह्रबिसेको ४ नम्बर वडा ‘सिल’
images

सिन्धुपाल्चोक । केहिदिन अघि मृत्यु भएका बाह्रबिसे नगरपालिका ४ का ८४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछी बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा सिल गरिएको छ । २३ साउनमा काठमाडौ स्थित मनमोहन कार्डियो भाष्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा सिल गरिएको हो ।

काठमाडौमा मृत्यु भएपछी दाहसंस्कारका लागि शव बाह्रबिसे ल्याईएको थियो । दाह संस्कारका क्रममा सिन्धुपाल्चोक र अन्य जिल्लाका झण्डै २ हजार मानिस मलामी गएका थिए ।

पूर्वपटी कर्थली बुदेपा, उत्तरपटी खगदल खोला, पश्चिम राम्चे बजार र दक्षिण तर्फ शारदा माबी क्षेत्र सुनकोसी बजारको सिमाना भित्र मानिसहरुको आवत जावत र अन्य कृयाकलाप बन्द गर्ने निर्णय गरिएको उपमेयर सुशिला पाखृनले जानकारी दिनुभयो । दाहसंस्कारमा सहभागी भएका तथा किरियापुत्री भेट्न गएका सबैलाई घर बाहिर ननिस्कन समेत सार्वजनिक रुपमा आग्रह गरिएको छ । नेपाल समाचारपत्रबाट

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ०६:२८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology