काठमाडौँ । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको स्थायी घर धनुषा जिल्ला, जनकपुर रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।