Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार १२०२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

शनिबार १२०२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

२७, भाद्र २०७७
शनिबार १२०२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । शनिबार विभिन्न प्रयोगशालामा १० हजार १७६ जनाको पिसिआर परीक्षण गर्दा थप १२०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ८ लाख ३१ हजार ३६२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

तर शुक्रबार १० हजार ७०१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४५४ जनालाई कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३५४ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १५ हजार २६० जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार १५३ जना रहेको छ ।

१६० जना आईसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

२४ घण्टामा कोरोनाले १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १६:२५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology