काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।