ज्ञानु दाहाल
कोरोना भाइरसबाट सर्ने रोग (कोभिड–१९) चीनबाट डिसेम्बर २०१९ को अन्तिम हप्तादेखि सुरुवात भएर विश्वव्यापी रूपमा फैलिएको सङ्क्रमण हो । जसको कारण बिरामीहरूमा सामान्यदेखि मध्यम स्तरसम्मको लक्षणहरू देखिन्छन् । कसैकसैलाई उपचार विना नै निको हुन्छ । तर कसैकसैलाई धेरै नै गाह्रो बनाउछ । विश्व स्वास्थ्य संगठनले जानकारी दिएअनुरुप सङ्क्रमित मानिसहरूमा सामान्य लक्ष्यणहरू जस्तै : ज्वरो आउने, टाउको दुख्ने, सुख्खा खोकी लाग्ने, थकाई लाग्ने, शरीर दुख्ने, घाँटी दुख्ने, स्वाद वा गन्ध नहुने, आँखा पोल्ने, पखाला लाग्नेमध्ये कुनै दुई चारओटा लक्षण मात्र देखिन सक्दछ । मैले पनि पढेको, सुनेको र हेरेको कोभिड १९ सम्बन्धि जानकारीहरू यिनै हुन् र आज आएर यसको अनुभव गर्ने मध्येको म पनि एक हुँ ।
२०७६ साल माघ, फागुन महिनासम्म कोभिड १९ को समाचार र छलफलको निकै प्रमुख विषय बन्न पुगेको थियो । कार्यक्षेत्रदेखि साथीभाइको जमघट र आफन्तहरूसँगको कुराकानीको मुख्य विषय बन्न पुग्यो । यो शीर्षक जसको कारण एक किसिमको मानसिक डरको रूपमा स्थापित हुँदै गएको थियो । अहिले पनि मेरो कान र मस्तिस्कमा ताजै गुञ्जिरहेको छ त्यो दिन ।
२०७६ चैत्र ११ पछि अचान लकडाउन सुरु भयो । आफूले बनाएका सबै योजना र तालिकामा हेरफेर गर्नु पर्ने अवस्था सिर्जना भयो । कयौं मानिसहरूले सारै दुःख पाए । अचानक गरिएको बन्दाबन्दीले सारै सास्ती दियो । कयौं देश विदेशमा भएका दाजुभाइ, दिदी बहिनीहरूलाई चिन्ता र पीडाको बोध गरायो । सामाजिक सञ्जालहरूमा देखिएका र सुनिएका उहाँहरूका आँसु र शव्दहरू सम्झदा अभैmपनि पीडा महसुस हुन्छ । केही समय हामीले पनि घरको छतबाट मात्रै छिमेकीहरूसँग कुरा गर्ने र केही समय पेसागत विकासमा र बाँकी समय सिर्जनात्मक क्रियाकलापमा लगाएर बिताइयो । तर आफन्तहरूबाट टाढा भएर महिनौ बस्नु पर्दा तिक्तताको अनुभव भयो । परिवारका सबै सदस्यहरू पारिवारिक भेटघाटका लागि अलिदिन उहाँहरूसँगै विताऊँ भन्ने योजना अनुरुप काठमाडौँबाट तराइतिर लाग्यौं । बा, आमा अलि बुढाबुढी भएकै कारण एक हप्ता जति घरमै अलग भएर बसियो । जब हामी आयौं रमाइलो भयो, भेटघाट हुन पाइयो भन्ने महसुस गर्न नपाई श्रीमान् बिरामी हुनुभयो । उहाँलाई हल्का ज्वरो आयो र शरीर दुख्न थाल्यो । कहिँ कतै हामीलाई लाग्यो उहाँलाई कोभिड १९ भएको हो कि भन्ने । त्यसैले म उहाँको स्याहार सुसारमा लागेँ । बिरामी भएको ४, ५ दिनपछि पेट दुखेजस्तो गर्नुभयो । टाइफाइड होलाकी जस्तो लागेर ब्लड टेस्ट पनि गरियो तर रिपोर्ट सामान्य आयो । हामीले मौसम परिवर्तनको कारणले गर्दा सामान्य ज्वरो आएको रहेछ भनी आँकलन गरियो । त्यसै दिन राति अचानक मलाई पनि टाउको दुख्यो र हल्का ज्वरो आयो । टाउको सामान्यतया १५, २० दिनमा एक पटक दुख्छ मलाई । तर ८, ९ वर्ष यता जिउ तातो भएको अनुभव थिएन । तर त्यो दिन ९९ डिग्री ज्वरो आयो र सिटामोल खाएर सुतेँ । भोलिपल्ट अलिहल्का महसुस भयो र सधैँ जसो आफ्नो दिनचर्यामा लागेँ । कपडा धुने, घर सरसफाइ गर्ने, खाना बनाउने आदि । बेलुका हुँदै गएपछि फेरि हल्का ज्वरो आयो र जिउ दुख्यो । तर कतै महसुस भएन कोभिड १९ भयो भन्ने । मलाई लाग्यो काम गर्ने बानी खासै नभएकाले गर्दा होला भन्ने लागेर पुनः औषधी खाँदै गएँ । तेस्रो दिन हल्का स्वाद नभए जस्तो, गन्ध नआए जस्तो भयो । अहिलेको मौसमी रुघाखोकीले गर्दा पनि त्यस्तो लक्षण देखिने कुरा कहिँ कतैबाट सुनेकाले गर्दा मनमा डर पसेन । तर पनि मेरो श्रीमान्लाई ज्वरो आएकै दिनबाट हामीहरू केटाकेटी, आमा बुबा र आफन्तजनहरूबाट अलग एक प्रकारको घरायसी आइसोलेसन जस्तै गरेर बसेका थियौं । १३, १४ दिन भै सक्दा पनि श्रीमानको स्वास्थ्यमा खासै सुधार आएन । उहाँलाई अन्य रोग जस्तै डेङगु, टाइफाइड हो कि भन्ने डर रहिरह्यो र पुनः ब्लड टेष्ट गरेर हेरौं भन्ने भयो । मेरो दिनचर्यामा भने केही परिवर्तन आएको थिएन तर उहाँलाई थकाइ लाग्ने र बेलुका भएपछि शरीर तात्ने र रिँगटा लाग्नेसमेत भएकाले डाक्टरकोमा देखाउनै पर्ने बाध्यात्मक स्थिति बन्यो ।
यस्तैक्रममाः १५, १६ दिनपछि कोरोना टेष्ट गरौं न त अनि नेगेटिभ रिपोर्ट भएपछि जुनसुकै अस्पतालमा पनि कुनै आनाकानीबिना नै औषधी गर्न सजिलो हुन्छ भन्ने लाग्यो । पहिला त उहाँलाई मात्रै पि.सि.आर.टेष्ट गराउने योजनाले अस्पताल गइयो तर आएको बेला दुवै जनाको गरौं न भन्ने लागेर टेष्ट गराइयो । पछि रिपोट आउँदा अचम्म भयो । मेरो रिपोर्ट पोजेटिभ र श्रीमानको रिपोर्ट भने नेगेटिभ आयो । मलाई अचम्म र रमाइलो नि लाग्यो । जे भए पनि श्रीमानको रिपोर्ट नेगेटिभ आयो भन्नेमा खुसी थिएँ त्यसैले होला कोरोनाले मेरो सकारात्मक चिन्तनलाई परिवर्तन गर्न सकेन । पछिल्ला दिनमा भने मनमा एक किसिमको रिस र घृणा उत्पन्न भयो मलाई केही मेरा आफन्तहरूको व्यवहारले गर्दा । हुन त उहाँहरूको पनि खासै गल्ती देख्दिनँ म किनकि कोरोनालाई सरकारले र समाजले समेत यो भयङ्कर रोग नै हो भन्ने हाउगुजी बनाइदिएका छन् । आफन्तको व्यवहार देख्दा लाग्यो मैले आफैँ यो रोग उव्जाएर अरूलाई सङ्क्रमित पार्न कोसिस गरिरहेकी छु । कठै ! मेरा शिक्षित आफन्तहरू । मेरो घरमा बुढाबुढी हुनु भएको बुबाआमा, साना छोरीहरू छन् मलाई उहाँहरूको चिन्ता छैन र ? मलाई आज यो लेखमार्पmत् सबै मेरा आफन्तजन, घरपरिवार, समाज र सम्पूर्ण पाठक वर्गहरूमा विनम्र अनुरोध गर्न मन लागेको छ । कृपया अब हामीहरूले लगभग कोरोना के हो र यसले के कतिसम्म हानी नोक्सानी पु¥याउन सक्छ भन्ने बारेमा बुझिसक्यौं । त्यसैले अफवाह पैmलाएर सङ्क्रमितलाई अछुत र नीच जस्तो व्यवहार गरेर कमजोर नबनाऔँ । कोरोनाका लक्षणहरू ८, १० दिनमा लगभग समाप्त हुने रहेछन् । खानपानमा राम्ररी ख्याल गरेमा १५ दिनमा जस्ताको तस्तै हुन सकिने रहेछ । त्यसैले उनीहरूलाई नराम्रो व्यवहार गरेर जीवनभर निको नहुने घाउ नदिऔँ । तपाई हामीले सङ्कमितलाई गलत व्यवहार ग¥र्यौ भने सङ्क्रमित मानसिक रोगी पनि बन्न सक्छ यो समयमा ।
डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञले कात्र्तिक १३ गतेको आफ्नो लेखमा भनेका छन् “संक्रमित नभएको व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिन सक्छ । पि.सि.आर.टेष्टले हाम्रो देशमा ७० प्रतिसत मात्रै सही रिपोर्ट दिएको छ ।” हाम्रो समाजमा कोभिड १९ को लक्षण देखियोस् वा नदेखियोस् रिपोर्ट पोजेटिभ देखियो भनेपछि मानिसहरू सङ्क्रमितको हौसला बढाउनुको साटो भागाभाग गर्ने र अपहेलना गर्न सुरु गर्दछन् । जनस्वास्थ्यविदहरूले अनुरोध गरेका छन् कृपया सामान्य लक्षण देखियो भने घरमै आइसोलेसनमा बस्नुहोस् र संक्रमण हो कि होइन पुष्टि गर्नका लागि पि.सि.आर.टेष्ट गर्नुहोस् । तर आफन्त, साथीभाइहरूको व्यवहार यस्तै हुँदै जाने हो भने कोही कसैले पनि पि.सि.आर.टेष्ट गर्ने आँट गर्न सक्दैनन् ।
आफैँ सङ्क्रमित भएकाले मेरो अनुभूतिले भन्छ यो रोग एकदमै भयावह छ भन्ने विचारलाई चिर्नुहोस् । आफ्नो समुदायका सङ्क्रमितहरूको आत्माबल बढाउन हौसला प्रदान गर्ने र आपूmले जानेका घरायसी उपचारको लागि राय सल्लाह दिनुहोस् । हामीहरूले भर्खरै कुनै ठुलो रोगसँग लडेर अप्रेसन गरेका छौं, हामीहरू नियमित रुपमा धेरै औषधी सेवन गर्दछौं, हामीहरू फोक्सो, मुटु मृगौलाका बिरामी हौं या हामी शारीरिक रूपमा निकै कमजोर छौं भने धेरै सावधानीहरू अपनाउनु पर्ने हुन्छ । जसका लागि सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने र नियमित रूपमा साबुन पानीले हात धुने र अत्यावश्यक काम पर्दाबाहेक घरभन्दा बाहिर ननिस्कने । हुन त म आफैँ पनि ६, ७ वर्ष देखि उच्च रक्तचापको बिरामी हुँ नियमित औषधी सेवन गर्ने गरेकी छु । तर मलाई यो रोगले कहीँ कतै अप्ठ्यारो पारेन र म अहिले स्वस्थ छु । दोस्रो कुरा यदि कसैलाई हल्का ज्वरो आयो, जिउ दुख्यो र रुघा लाग्यो भने आपूmलाई भएको लक्षण परिवारजन र छरछिमेकमा सियर गरेर आइसोलेट भएर बस्नुहोस् । यदि समाजले सकारात्मक व्यवहार देखाउने हो भने कसैले पनि आपूmलाई लक्षण देखिएको कुरा लुकाउने अवस्था आउने छैन । तेस्रो कुरा, यदि हजुरहरूको कोही आफन्तहरू कोरोना पोजेटिभ भएको हुनुहुन्छ भने उहाँहरूलाई भेट्न नगए पनि सम्पर्कमा रहनुहोस् । अहिलेको समय सजिलो छ, फोन कल गर्नुहोस् , म्यासेज छोड्नुहोस् वा भिडियो कल गर्नुहोस् र केही आवश्यक र अप्ठ्यारो परेको छ भने हामी छौं भन्ने महसुस दिलाउनुहोस् ।
अन्तमाः कोरोनाको सबैभन्दा ठुलो उपचार भनेकै हाम्रो मिठो बोली र व्यवहार हो । त्यसैले कोरोनाबाट आतङ्कित नभई एक अर्काको सहारा बनेर सकारात्मक भावना जगाउँदै बाँचौं र बचाऔं । यदि हामी डरायौं र सङ्क्रमितलाई अपहेलित ग¥यौं भने भविष्यमा यसले अभैm भयावह स्थिति सिजना गर्न सक्दछ भन्ने कुरा सबैले बुझौं र अरूलाई पनि बुझाऔं । आत्मावल र सकारात्मक सोंचलाई बढाउन र मानसिक तनावलाई घटाउन मात्रै सक्यौं भने पक्कै पनि हामीले कोरोनालाई सहजै रुपमा जित्न सक्दछौं ।