काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमित हुनेमा २ सय ७० महिला र ४ सय ३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ। यस्तै २४ घन्टामा ६ हजार १३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७ सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यस्तै मंगलबार ७ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३९६ रहेको छ। पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको छ ।
यस्तै अहिले ३६५ जना क्वारेन्टिन र ६ हजार ३९६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना गम्भीर २२८ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।