काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसका कारण देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी तथा तराई क्षेत्रका साथै उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा आंशिक बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा पनि आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।