Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११ः०७ बजे

भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११ः०७ बजे

दैनिकी न्यूज

१९, कार्तिक २०८३
भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११ः०७ बजे
images

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारको भाइटीकाको साइत सार्वजनिक गर्दै उक्त समय उत्तम रहेको जनाएको हो।

समितिका अनुसार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्नेछ भने दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।

यस वर्षको तिहार कार्तिक २० गते शुक्रबारदेखि सुरु हुँदैछ। समितिले सार्वजनिक गरेको तिथिअनुसार कार्तिक २० गते धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ।

त्यस्तै, कार्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ। कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि परेको छ।

कार्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ। त्यसैगरी, कार्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइने समितिले जनाएको छ। सोही दिन नेपाल संवत् ११४७ पनि सुरु हुनेछ।

तिहारको अन्तिम दिन कार्तिक २५ गते बुधबार दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका मनाइनेछ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - ०८:०६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology