Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

आज ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, पौष २०७७
आज ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा गरिएको परीक्षणमा २ सय ७३ पुरुष र १ सय ५३ महिला गरी ४ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

images
प्रकाशित मिति :पौष १७, २०७७ शुक्रवार - १६:०५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology