काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १ सय ८४ महिला र ३ सय ३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ। गत २४ घन्टामा ४ हजार ५५१ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ५२२ जनामा संक्रमण देखिएको हो।
यस्तै मंगलबार ५७८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २२५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २२५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गम्भीर कोरोना संक्रमत २०४ जनाको आइसीयूमा र ४४ भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ९३ महिला र १३९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।