Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २ सय ५९ जना कोरोना संक्रमित थपिए

आज २ सय ५९ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२६, पौष २०७७
आज २ सय ५९ जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ ।


त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ ।


पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। योसँगै पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ जना रहेको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १७:०७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology