Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि

आज ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, माघ २०७७
आज ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ३ सय २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ ।


त्यसैगरी २४ घण्टामा ४ सय ८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ जना रहेको छ ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १७:१२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology