Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

आज २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

दैनिकी न्यूज

१४, माघ २०७७
आज २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
images

काठमाडौं । आज थप २ सय ८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३८२ मा पिसिआर परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ।

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १६:५१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology