काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७९९ जनाको स्वाब परीक्षण गराउँदा ४८ महिला र ५७ जना पुरुषमा संक्रमण देखिएको हो।
काठमाडौं उपत्यकाका ५८ जनासहित १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ भने २७२ जना डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । जसमध्ये २ लाख ६७ हजार ५६४ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा २ हजार १०८ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।
देशभर क्वारेन्टाइनमा भने ९२ जना रहेका छन् भने आइसोलेसनमा २ हजार १०८ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ८८ हजार ३७२ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका १३ जनाको भेन्टिलेटरमा र ६४ जनाको आइसीयूमा उपचार भइरहेको छ।