Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि

आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, माघ २०७७
आज ११९ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ रहेको छ ।

अहिलेसम्म नेपालमा २ हजार ३८ संक्रमितको मृत्यु भएको छ । आज १ हजार ८१५ सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १६:५२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology