Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १३० जनामा कारोना संक्रमण पुष्टि

आज १३० जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, माघ २०७७
आज १३० जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६१ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ३३३ स्वाब परीक्षण गराउँदा १३० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै सोमबार थप १९४ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ। यस्तै सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।

अहिले १७ सय ४४ जना आइसोलेसनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६३ जनाको आइसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

काठमाडौं उपत्यकामा भने २५ महिला र ३३ पुरुष गरी ५८ जनामा कोरोना संक्रमण देखिएको छ।

माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको अभियान सोमबारबाट सुरु भएको छ। पहिलो चरणको खोप अभियान शनिबार सकिएको हो।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १९:५८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology