Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १६० जनामा कोरोना संक्रमण पुष्टि

आज १६० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, माघ २०७७
आज १६० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज थप १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ६० जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार २१६ पुगेको छ।

यसैगरी, कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय ६५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १६:१७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology