Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १२२ जना कोरोना संक्रमित थपिए

आज १२२ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

३, फाल्गुण २०७७
आज १२२ जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

त्यस्तै सोमबार थप १ सय २२ जनामा कोरोना पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा वाग्मतीमा ९२, गण्डकीमा २२, लुम्बिनीमा ४, प्रदेश १ मा २ र प्रदेश २ र सुदूरपश्चिममा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । नेपालमा अहिले १ हजार ५ सय ८१ सक्रिय केस रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म देशभर २१ लाख १२ हजार ५ सय ९१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना पुष्टि भएकामध्ये २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा ६०, ललितपुरमा १० र भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या १ लाख २७ हजार ६ सय ५ पुगेको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०२ छ भने ललितपुर र भक्तपुरमा क्रमशः १६३ र ११५ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १९:४१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology