Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ९६ जना कोरोना संक्रमित थपिए

आज ९६ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

६, फाल्गुण २०७७
आज ९६ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १११ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ४१ जनानाको पीसीआर गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४२ पुरुष र ५४ महिला छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ४२ जना छन् । १६ महिला र २६ पुरुष गरेर उपत्यकाका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ भने २ लाख ६९ हजार ५०५ जना डिस्चार्ज भएका छन् । १६ सय ३ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।

२१ लख ३१ ह्जार ३३० जनाको पीसीआर भएको नेपालमा अहिलो ७१ जना क्वारेन्टाइनमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २०:३१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology