Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ९७ जना कोरोना संक्रमित थपिए, थप ३ को मृत्यु

आज ९७ जना कोरोना संक्रमित थपिए, थप ३ को मृत्यु

दैनिकी न्यूज

७, फाल्गुण २०७७
आज ९७ जना कोरोना संक्रमित थपिए, थप ३ को मृत्यु
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । नेपालमा १ हजार ५८३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ रहेको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३४ हजार २ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - २०:०६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology