Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १२५ जनाका कोरोना संक्रमण पुष्टि

आज १२५ जनाका कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, फाल्गुण २०७७
आज १२५ जनाका कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४३ हजार ३१५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २०:११:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology