Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ११० जनामा कोरोना संक्रमण पुष्टि

आज ११० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, फाल्गुण २०७७
आज ११० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३९ महिला र ७१ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा २१ महिला र ३२ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०२ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ। यस्तै १५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलो ६५ जना क्वारेन्टाइनमा छन् भने १ हजार ६ जना संस्थागत आइसोलेसनमा छन्। १२ जनाको भेन्टिलेटरमा र ४६ जनाको आइसीयूमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २१:२३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology