Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाको कारण एकैदिन २ जनाको मृत्यु, संक्रमित पनि बढे

कोरोनाको कारण एकैदिन २ जनाको मृत्यु, संक्रमित पनि बढे

दैनिकी न्यूज

१५, फाल्गुण २०७७
कोरोनाको कारण एकैदिन २ जनाको मृत्यु, संक्रमित पनि बढे
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । नेपालमा ९ सय ६७ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ रहेको छ । हालसम्म देशभर २१ लाख ६० हजार ४ सय ४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १७:४४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology