Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७३ जनामा कोरोना संक्रमण पुष्टि

आज ७३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, फाल्गुण २०७७
आज ७३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ। यो मध्ये ९६८ सकृय संक्रमित रहेका छन्। 

पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७७ पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १६:५४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology