काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ।
पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ५४३ पुगेको छ।