Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ६७ जनालाई कोरोना संक्रमण पुष्टि

आज ६७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
आज ६७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज थप ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ पुगेको छ।

अहिले नेपालमा ७ सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४२ जना आईसीयू र ९ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १७:०८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology