काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।