Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १२० जनामा कोरोना संक्रमण पुष्टि

आज १२० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२१, फाल्गुण २०७७
आज १२० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १७:३९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology