Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ६६ जनामा कोरोना संक्रमण पुष्टि

आज ६६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, फाल्गुण २०७७
आज ६६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८८६ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १८:३२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology