Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

शुक्रबार १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिकी न्यूज

६, चैत्र २०७७
शुक्रबार १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १६१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ७३३ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । यसरी हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको हो ।
हाल एक हजार एक जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५१ जना ब्यक्ति क्वारेन्टिनमा छन् ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १७:०६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology