Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बुधबार १४५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार १४५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, चैत्र २०७७
बुधबार १४५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङ अनुसार देशभर १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

२४ घण्टामा ३ हजार ९६३ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार १८२ रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १६:५१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology