Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १७९ जनामा कोरोना संक्रमण पुष्टि

आज १७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, चैत्र २०७७
आज १७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । दैनिक रुपमा कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदा सक्रिय सङ्क्रमितको संख्यामा समेत वृद्धि भएको छ । गत् साताको अपेक्षा सक्रिय सङ्क्रमितको संख्या करिब दोब्बर भएको छ ।

हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले कोभिड १९ को पहिलो परीक्षणदेखि हालसम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २३:०१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology