काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण भएकोमा २८८ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा १२७ जना निको भएका छन् भने शुन्य मृत्यु छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।
जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ रहेको छ । ३ हजार ३८ संक्रमितको मृत्यु भएको छ । अहिले २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।