काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
काठमाडौं उपत्यकामा भक्तपुरमा ११ जना, ललितपुरमा १५ जना र काठमाडौंमा १२८ गरी जम्मा १५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै,पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, कोरोनाको संक्रमणबाट एक जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ।
मुलुकभर ८३ जना क्वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।